छठ पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप बलियो बनाउने प्रधानमन्त्रीको विश्वास

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २९, २०८३

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालका सबै धर्म, संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले छठ पर्व प्रकृतिप्रतिको सम्मान, आस्था र कृतज्ञताको प्रतीक भएको उल्लेख गर्दै यसले समाजमा आपसी सद्भाव र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।प्रधानमन्त्री शाहले छठमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अर्घ्य दिने परम्पराले जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउने धारणा व्यक्त गरेका छन् ।

उनले यस पर्वले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *