|
कार्तिक २९, २०८३
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती र लुम्बिनीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
यस्तै, राति तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ। मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरिएको छ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्