|
कार्तिक २७, २०८३
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न स्थानको मौसममा बदली हुने पूर्वानुमान गरिएको छ। तराई, उपत्यका तथा खोँचमा बिहान हुस्सु र कुहिरो लागेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।
राति पनि हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका पहाडी क्षेत्रसहित हिमाली भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। तराईमा भने मौसम सफा रहने अनुमान छ

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्