न्युयोर्कमा भवन भत्किँदा दुई जनाको ज्यान गयो, १७ घाइते

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २६, २०८३

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। घाइते हुनेमा सात बालबालिका छन्।

निर्माणस्थल नजिक उत्खनन भइरहेका बेला भवन भत्किएको प्रारम्भिक विवरण छ। घटनापछि २५० भन्दा बढी अग्निनियन्त्रक तथा उद्धारकर्मी परिचालन गरी भग्नावशेषमा फसेकाहरूको खोजी गरिएको थियो।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनाको कारणबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *