रोटरीको रक्तदान अभियानमा ५१९ पिन्ट रगत सङ्कलन

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २२, २०८३

काठमाडौँ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी रक्तदान अभियानबाट ५१९ पिन्ट रगत सङ्कलन भएको छ ।

कात्तिक २० र २१ गते विभिन्न स्थानमा आयोजित अभियानमा एक हजारभन्दा बढी व्यक्तिले सहभागिता जनाएको डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले जानकारी दिएका छन् ।

काठमाडौँ उपत्यकासहित बुटवल, दाङ र धरानलगायतका स्थानमा सञ्चालन गरिएको अभियानमा रोटरी, रोटर्याक्ट, इन्टर्याक्ट तथा विभिन्न सामाजिक संस्थाहरूको सहभागिता रहेको थियो ।

आयोजकले रक्तदानमार्फत मानवीय सेवा र जीवनरक्षाको सन्देश फैलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *