|
कार्तिक २२, २०८३
विराटनगर । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेता तथा कार्यकर्तालाई कडा चेतावनी दिएको छ ।
रास्वपा कोशी प्रदेशले सूचना जारी गर्दै पार्टीको आधिकारिक निर्णयअघि सामाजिक सञ्जाल वा अन्य माध्यमबाट उम्मेदवारी घोषणा तथा प्रचारप्रसार नगर्न निर्देशन दिएको हो ।
प्रदेश महामन्त्री निरज कटुवालले निर्देशन उल्लङ्घन गर्नेलाई उम्मेदवारी छनोट प्रक्रियाबाट हटाउनेदेखि साधारण सदस्यता नै खारेज गर्नेसम्मको कारबाही हुन सक्ने बताएका छन् ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्