|
कार्तिक २२, २०८३
सुनसरी । इटहरी–१३ स्थित गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको छ।
कोशी लोकमार्गमा शनिबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतकको पहिचान खुलेको छैन। प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्