|
कार्तिक १९, २०८३
काठमाडौं । नेपाल प्रहरीको नेतृत्वबाट हटाइएका दानबहादुर कार्की आफ्नो पदमा पुनःबहालीको माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा छन्।
कार्की पक्षले कानुनले तोकेको सेवा अवधि र उमेर हद बाँकी रहँदै पदबाट हटाइनु गैरकानुनी भएको दाबी गरेको छ। प्रहरी ऐन र नियमावलीविपरीत निर्णय गरिएको जिकिरसहित सर्वोच्चमा रिट निवेदन पेस गर्न लागिएको हो।
२०५४ सालमा प्रहरी सेवामा प्रवेश गरेका कार्की हाल ५४ वर्षका छन्। प्रहरी महानिरीक्षकका लागि ५८ वर्ष उमेर हद र चार वर्षे कार्यकालको व्यवस्था छ। उनको पक्षबाट वरिष्ठ कानुन व्यवसायीहरूले सर्वोच्चमा बहस गर्ने तयारी गरेका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्