तिहारका लागि राष्ट्र बैंकले बेच्दै सुन–चाँदीका सिक्का

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १९, २०८३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ।

बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दुई दिन सिक्का बिक्री गरिनेछ।

राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामका लक्ष्मी तथा गणेश अंकित चाँदीका मेडालियन खरिद गर्न सकिनेछ।

सिक्का लिन नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित स्वयं उपस्थित हुनुपर्नेछ। भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *