|
कार्तिक १७, २०८३
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५१३ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले मंगलबार बिहानसम्म गरेको जाँचका क्रममा सबैभन्दा बढी ७९ जना चालक मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको अवस्थामा भेटिएका छन्।
त्यस्तै, सीसीटीभी निगरानीबाट ३३ जना, रातो बत्ती उल्लंघन गर्ने १५ जना, तीव्र गतिमा सवारी चलाउने १४ जना, हर्न निषेध उल्लंघन गर्ने ७ जना, लेन अनुशासन पालना नगर्ने ५ जना र एकतर्फी सडकमा नियमविपरीत चल्ने ३ जना कारबाहीमा परेका छन्।
अन्य ट्राफिक नियम उल्लंघन गर्ने ३५३ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्