|
कार्तिक १६, २०८३
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ।
धादिङको मझिमटारमा आकाशे पैदल पुलको संरचना राख्ने काम गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सबै प्रकारका सवारी आवागमन रोक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
निर्माण कार्य सम्पन्न नभएसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन गर्न पाइने छैन।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्