सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १४, २०८३

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। बैंकले शुक्रबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याल र प्रमुख कार्यकारी अधिकृत रविन सिजापतीले बैंकको आगामी सेवा विस्तार र आधुनिकीकरणलाई प्राथमिकता दिने बताएका थिए।

वार्षिकोत्सवका अवसरमा बैंकले हुम्लामा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गर्ने जनाएको छ। त्यस्तै, रोल्पाको खुङ्ग्री हेल्थ पोस्टलाई बेबी वार्मर र अटोक्लेभ ड्रम उपलब्ध गराउने घोषणा गरेको छ।

हाल बैंकले देशभर १०९ शाखा र ३० एटीएममार्फत सेवा दिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *