प्रहरीको निःशुल्क बस सेवाबाट ३ हजार ५८५ यात्रु लाभान्वित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ कार्तिक ६

काठमाडौं । बडादसैँका अवसरमा काठमाडौं उपत्यकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट ३ हजार ५८५ जना नागरिक लाभान्वित भएका छन्।

नेपाल प्रहरीका तीनवटा बसबाट १ हजार ४०६ जना र सशस्त्र प्रहरीका दुईवटा बसबाट २ हजार १७९ जनाले सेवा लिएका हुन्। दसैँमा सार्वजनिक यातायातको चाप र अभावका बीच सञ्चालन गरिएको सेवाले यात्रुको आवतजावत सहज बनाएको छ।

सशस्त्र प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवा शुक्रबारसम्म जारी रहने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *