|
२०८३ कार्तिक २
म्याग्दी । बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त दाना–खुर्कोट २२० केभी प्रसारण लाइनको मर्मत अन्तिम चरणमा पुगेको छ। प्रसारण लाइनका तीन टावरमा क्षति पुगेपछि म्याग्दी र मुस्ताङका सात जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको छैन।
नेपाल विद्युत् प्राधिकरणले क्यानडाको प्रविधिमा आधारित अस्थायी टावर निर्माण गरी तार तान्ने काम अघि बढाएको छ। मर्मत पूरा भएपछि करिब १७६ मेगावाट विद्युत् पुनः राष्ट्रिय प्रणालीमा जोड्ने बाटो खुल्नेछ।
प्राधिकरणका अनुसार इन्जिनियर, प्राविधिक र मजदुर परिचालन गरी काम तीव्र पारिएको छ। तत्काल अस्थायी संरचनाबाट विद्युत् आपूर्ति सञ्चालनमा ल्याउने र क्षतिग्रस्त टावरको स्थायी पुनर्निर्माण पनि अघि बढाइनेछ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्