|
२०८३ आश्विन ३०
काठमाडौं । दसैँका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन चार दिन प्रभावित हुने भएको छ। काठमाडौं महानगरपालिकाका अनुसार कात्तिक १ देखि ४ गतेसम्म बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुनेछ।
चाडपर्व मनाउन सफाइ कर्मचारी बिदामा जाने भएकाले व्यवस्थापनमा समस्या हुने महानगरले जनाएको छ। यस अवधिमा घरबाट निस्कने फोहोर कुहिने र नकुहिने छुट्याएर राख्न वातावरण व्यवस्थापन विभागले आग्रह गरेको छ।
महानगरका अनुसार कात्तिक १ देखि ४ गतेबाहेक अन्य दिन फोहोर व्यवस्थापन नियमित हुनेछ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्