|
२०८३ आश्विन ३०
काठमाडौं । विदेशबाट नेपालमा पैसा पठाउने प्रक्रियालाई सहज बनाउन माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच सम्झौता भएको छ।
सम्झौताअनुसार बेलायत, जापान, दक्षिण कोरियालगायत विभिन्न देशबाट मनीग्राम र टीएमएल रेमिट्यान्समार्फत पठाइएको रकम नेपालमा प्राप्त गर्न सकिनेछ।विदेशबाट पठाइएको रकम माछापुच्छ्रे बैंकका १५६ शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेन्सन काउन्टरबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ।
सम्झौतापत्रमा युनाइटेड रेमिटका सहायक महाप्रबन्धक सुदन सिंह सिलवाल र माछापुच्छ्रे बैंकका डिजिटल बैंकिङ प्रमुख माधव सुवेदीले हस्ताक्षर गरेका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्