तीन राजदूतको सिफारिसमाथि सुनुवाइ समितिमा निर्णयको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २८

काठमाडौं । साउदी अरब र मलेसियाका लागि राजदूतमा सिफारिस गरिएका गिरीबहादुर सुनार र चूडामणि खरेलको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने संकेत देखिएको छ। समितिमा दुवैको सिफारिस रोक्ने विषयमा लगभग एकमत बनेको जनाइएको छ।

दुवै प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न भएपछि समितिले निर्णयका लागि सिंहदरबारमा बैठक गरिरहेको छ। यसैबीच, जापानका लागि सिफारिस गरिएका जिज्ञान थापाबारे भने समितिमा छलफल भइरहेको छ।

समितिको अन्तिम निर्णय सार्वजनिक हुन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *