|
२०८३ आश्विन २८
काठमाडौं । नुवाकोटको पिपलटारमा बाढीबाट प्रभावित १८ परिवारका लागि निर्माण गरिएका अस्थायी आवास हस्तान्तरण गरिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार परिवारहरूलाई आवासका संरचना हस्तान्तरण गरेका हुन्।
एमालेनिकट मजदुर संगठन जिफन्टको नेतृत्वमा बनाइएका टहरामा शौचालय, बिजुली र पानीको सुविधा राखिएको छ। आवास निर्माणमा खटिएका नेता तथा कार्यकर्ताको प्रयासको प्रशंसा गर्दै ओलीले प्रभावितलाई सक्दो सहयोग गर्ने बताए।
उनले पुनर्निर्माण, पुनःव्यवस्थापन र जीविकोपार्जनका विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाए। बाढीबाट प्रभावित अन्य व्यक्ति तथा उद्योग सञ्चालकले उठाएका समस्यालाई समेत सम्भव भएसम्म सम्बोधन गर्ने उनको भनाइ थियो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्