कांग्रेस महाधिवेशन : चार प्रदेशका उम्मेदवारको मतपरिणाम कुर्दै नेता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २८

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट भएको निर्वाचनको मतगणना आज दिउँसोदेखि सुरु हुने भएको छ।

निर्वाचन समितिले दिउँसो ३ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा मतगणना गर्ने तयारी गरेको जनाएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार चारै प्रदेशका केन्द्रीय सदस्य पदको मतगणना एकै चरणमा अघि बढाउन लागिएको हो।

मतगणनाका क्रममा उम्मेदवार स्वयं उपस्थित हुन पाउनेछन्। तर, उनीहरूका तर्फबाट प्रतिनिधि राख्न भने नपाइने निर्वाचन समितिले स्पष्ट पारेको छ।

मतगणना सुरु भएसँगै चार प्रदेशबाट केन्द्रीय सदस्य बन्न प्रतिस्पर्धामा रहेका उम्मेदवारको मतस्थितिबारे चासो बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *