उदयपुरमा पूजा तयारीकै क्रममा दुर्घटना, करेन्टले लग्यो वृद्धको ज्यान

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २८

उदयपुर । दुर्गा पूजाको तयारीका लागि विद्युत् जडान गर्ने क्रममा उदयपुरमा एक जनाले ज्यान गुमाएका छन्। त्रियुगा नगरपालिका–१२ पुरानो गाईघाटको ज्योतिनगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।

मंगलबार साँझ विद्युत् लाइन जोडिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल जिल्ला अस्पताल उदयपुर लगिएको थियो। तर, अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले घटनाबारे जानकारी दिँदै मृतकको शव परीक्षण गरी आफन्तलाई बुझाउने प्रक्रिया भइरहेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *