पौडी खेल्ने क्रममा बालिकाको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ४

उदयपुर, असार ४ — उदयपुरको चौदण्डीगढी नगरपालिका–९ स्थित देवधार खोलामा पौडी खेल्ने क्रममा एक किशोरीको डुबेर मृत्यु भएको छ।

प्रहरीका अनुसार १४ वर्षीया आयुसा सदा बुधबार खोलाको दहमा डुबेको अवस्थामा फेला परेकी हुन्। घटनापछि उनको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *