अडियो विवादमा सुनारको दाबी– ‘मलाई फसाउन खोजियो’

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले सार्वजनिक भएको विवादित अडियोलाई बनावटी भन्दै आफूविरुद्ध षड्यन्त्र भएको संकेत गरेका छन्।

दाङमा रहेका सुनारले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रहरीभित्रको भ्रष्टाचारबारे प्रश्न उठाएकै कारण आफूलाई निशाना बनाइएको दाबी गरेका हुन्।

उनले आफूमाथि उठेका प्रश्नको जवाफ दिन तयार रहेको बताउँदै पार्टी र सरकारी निकायबाट हुने अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएका छन्। आवश्यक परे सांसद वा पार्टीको जिम्मेवारीबाट निलम्बित हुन पनि तयार रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *