बेसार उत्पादन राम्रो, बिक्री गर्न बजारकै अभाव

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २५

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका बेसार किसान उत्पादनपछि बजार नपाउँदा समस्यामा परेका छन्। भारतमा बेसार बिक्री हुन छाडेपछि किसानले अहिले स्वदेशी बजार र मसला उद्योग खोज्न थालेका छन्।

खडक बुढाले डेढ बिघा, टेकबहादुर सुनारले १८ कठ्ठा र मोतिराम सुनारले २२ कठ्ठामा बेसारखेती गर्दै आएका छन्। धान र गहुँभन्दा राम्रो आम्दानी हुने भएपछि बेसारखेतीमा आकर्षित भएका किसान अहिले उत्पादन बिक्री नहुने चिन्तामा छन्।

किसानको समस्या समाधान गर्न दोधारा चाँदनी नगरपालिकाले मसला उद्योग सञ्चालनको तयारी गरेको छ। नगरप्रमुख किशोर लिम्बूका अनुसार उद्योगका लागि बजेट विनियोजन भइसकेको छ भने उपयुक्त स्थानको खोजी भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *