|
२०८३ आश्विन २५
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा फैलिने हल्ला र अपुष्ट सूचनाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
आइतबार पार्टीको अगुवा कार्यकर्ता भेलामा बोल्दै ओलीले कुनै पनि विषयमा प्रतिक्रिया दिनुअघि सत्यतथ्य बुझ्नुपर्ने बताएका हुन्। उनले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा भ्रम फैलिएको उल्लेख गर्दै सचेतना आवश्यक रहेको बताए।
ओलीले हिंसात्मक गतिविधि तथा सार्वजनिक सम्पत्ति र सञ्चारमाध्यमका उपकरणमा क्षति पुर्याएर लोकप्रियता खोज्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए। साथै, बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्