|
२०८३ आश्विन २५
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुढीगण्डकी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गरेका छन्।
पार्टीको जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले विपद्का बेला सरकारको भूमिका अझ फराकिलो र प्रभावकारी हुनुपर्ने बताएका हुन्। उनले विगतमा भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढी आउँदा उद्धार तथा राहतमा कमजोरी देखिएको आरोप लगाउँदै यसपटक त्यस्ता गल्ती नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराए।
ओलीले विपद्का बेला सर्वदलीय सहकार्य गर्न नसकेको, सरकारी हेलिकोप्टर परिचालनमा कमजोरी भएको र वैदेशिक सहयोगको उचित उपयोग हुन नसकेको भन्दै सरकारको आलोचनासमेत गरेका छन्। बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम गर्न उनले आग्रह गरेका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्