एमालेमा नेतृत्व सन्तुलन मिलाउन योगेशको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २४

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका नेताहरूको जिम्मेवारी बाँडफाँट गर्दा हतार नगर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

भट्टराईले केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठनमा ४० वर्षमुनिका युवालाई प्राथमिकता दिनुपर्ने र पुराना–नयाँ नेताबीच सन्तुलन मिलाउनुपर्ने बताएका छन्।

पार्टीभित्रको एकता कमजोर पार्ने निर्णयले पछुताउनुपर्ने अवस्था आउन सक्ने उल्लेख गर्दै उनले आवश्यक निर्णय केन्द्रीय कमिटीको आगामी बैठकबाट गर्नु उपयुक्त हुने धारणा राखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *