|
२०८३ आश्विन २४
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।
एन्फामा भएको भनिएको आर्थिक अनियमितता, ठगी र खेल मिलेमतोसम्बन्धी कसुरमा अनुसन्धानपछि सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
यसै प्रकरणमा पक्राउ परेका एन्फा कोषाध्यक्ष रवीन्द्र जोशी १५ लाख र लेखा अधिकृत सञ्जीव पाण्डे १२ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
अनुसन्धानको एउटा मुख्य विषय सन् २०२४ मा नेपाल र बहराइनबीचका विश्वकप छनोट खेल बहराइनमा आयोजना हुँदा टिकट बिक्रीबापत एन्फाले पाउनुपर्ने भनिएको २० हजार अमेरिकी डलरको हिसाबसमेत रहेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्