मुस्ताङको पर्यटनमा रसुवा बाढीको असर

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ४

मुस्ताङ — हिमाली जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल भदौमा सुस्ताएको छ। प्रहरीको विवरणअनुसार एक महिनामै पर्यटक आगमन ४७.७८ प्रतिशतले घटेको हो।

साउनमा ६१ हजार २६३ पर्यटक पुगेकामा भदौमा यो संख्या ३१ हजार ९८९ मा सीमित भयो। रसुवाको बाढीपछि आन्तरिक र सार्क मुलुकबाट आउने पर्यटकको संख्या उल्लेख्य घटेको पाइएको छ।

यद्यपि अन्य देशबाट आउने पर्यटक भने बढेका छन्। भदौमा ३४८ विदेशी पर्यटक मुस्ताङ पुगेका छन्, जुन साउनको तुलनामा १५५ जना बढी हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *