बाढीमा ज्यान गुमाएकामध्ये २४४ जनाकाे शव शिक्षण अस्पतालमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २१

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकामध्ये २४४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ ।

अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार बाढीमा परी मृत्यु भएकामध्ये २४४ जनाको शव शिक्षण अस्पताल ल्याइएको हो ।

अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ । यस्तै, २४ शवको पहिचान खुलेपछि परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको डा. चौधरीले जानकारी दिए ।

हाल ५९ शव शिक्षण अस्पतालमै रहेका छन् । तीमध्ये केही शवको पोस्टमार्टम गर्न बाँकी रहेकाले आवश्यक प्रक्रिया पूरा गरेपछि व्यवस्थापन गरिने अस्पतालले जनाएको छ ।

बाढीपछि विभिन्न स्थानबाट फेला परेका शवहरू पहिचान तथा पोस्टमार्टमका लागि शिक्षण अस्पताल ल्याउने क्रम जारी रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *