|
२०८३ भाद्र १६
रसुवा । माथिल्लो त्रिशूली आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि आएको कोरियन उद्धार टोली आवश्यक उपकरण नहुँदा काम गर्न नसकेर धुन्चे फर्किएको छ।
उद्धारका लागि आवश्यक मिनी स्काभेटर र मड पम्प (Mud Pump) उपलब्ध नभएपछि टोली फिल्डमा काम अघि बढाउन नसकी धुन्चे फर्किएको हो। आवश्यक सामग्री उपलब्ध भएपछि पुनः घटनास्थलमा जाने गरी टोली धुन्चे फर्किएको बताइएको छ।
प्रभावित क्षेत्रका विभिन्न सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनासहित भारत, चीन र दक्षिण कोरियाका उद्धार टोली परिचालन भएका छन्।
उद्धार कार्यका लागि आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा सुरुङमा फसेकाहरूको उद्धार चुनौतीपूर्ण बनेको छ। आवश्यक उपकरण तत्काल उपलब्ध गराई उद्धार कार्यलाई तीव्रता दिनुपर्ने अवस्था देखिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्