प्रधानमन्त्री राहत कोषमा एमालेले रकम नपठाउने, बस्नेतले उठाए प्रश्न

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १५

काठमाडौँ । बाढीपीडितका लागि संकलित रकम प्रभावकारी रूपमा परिचालन हुन नसकेको भन्दै नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री राहत कोषप्रति प्रश्न उठाएका छन्।

उनले कोषमा ठूलो रकम जम्मा भए पनि प्रभावित नागरिकले अपेक्षित राहत पाउन नसकेको दाबी गरे। यही कारण एमालेले तत्काल आफ्नो तर्फबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा नगर्ने संकेत गरेको छ।

एमाले बागमती प्रदेश र राजधानी प्रदेश कमिटीले १०/१० लाख रुपैयाँ पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन्। अध्यक्ष ओलीले पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ संकलन गर्ने बताएका छन्।

संकलित रकम पार्टीकै माध्यमबाट राहतमा प्रयोग गर्ने विषयमा छलफल भइरहेको सचिव बस्नेतले बताए। उनले प्रधानमन्त्री राहत कोषको अवस्थालाई ‘घरभरि लुगा, वीरे नाङ्गै’ भन्ने उखानसँग तुलना गर्दै कोषमा पैसा भए पनि पीडितसम्म राहत पुग्न नसकेको टिप्पणी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *