काठमाडौं, रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस फसेको आशंकामा गरिएको खोजी निष्कर्षविहीन भएको छ।
सुरुङको अन्तिम भागसम्म पुगेर गरिएको विस्तृत खोजीमा कुनै पनि व्यक्ति फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली धुन्चे फर्किएको छ।मानिसहरू सुरुङभित्र फसेको हुन सक्ने सूचनापछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोली परिचालन गरिएको थियो।
टोलीले सुरुङको भित्री भागमा प्रवेश गरी सम्भावित स्थानहरूमा खोजी गर्नुका साथै ड्रोनमार्फत समेत निरीक्षण गरेको थियो। सुरुङको अन्तिम बिन्दुसम्म पुगेर खोजी गर्दा पनि मानिसको उपस्थिति नदेखिएपछि त्यहाँ कोही फसेको अवस्था नरहेको निष्कर्ष निकालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मानवीय उपस्थिति नरहेको पुष्टि भएपछि उद्धार तथा खोजीमा खटिएको टोली आयोजनास्थलबाट रसुवाको धुन्चे फर्किएको हो। भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना प्रभावित बनेपछि सुरुङभित्र कामदारहरू फसेको हुन सक्ने आशंकामा खोजी अभियान सञ्चालन गरिएको थियो।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्