प्रधानमन्त्रीले प्रधान सेनापतिसँग खोज, उद्धार, राहत तथा व्यवस्थापनका विषयमा लिए ब्रिफिङ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १५

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकट समाधानका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीले सोमबार केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका विषयमा ब्रिफिङ लिएका छन् ।

प्रधान सेनापतिसँगको छलफलपछि प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि ब्रिफिङ लिने कार्यक्रम छ । त्यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने जनाइएको छ ।


भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग आवश्यक जानकारी लिइरहेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *