नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १५

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु बैठकमा रसुवा बाढीपछिको राहत, उद्धारलगायतका विषयमा छलफल भइरहेको छ ।

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलसमेत रहेको कांग्रेसले बाढीपछिको उद्धार र राहतमा सरकारले परिपक्व काम गर्न नसकेको बताइरहेको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे र प्रमुख सचेतक वासना थापा बाढी प्रभावित जिल्ला नुवाकोटको स्थलगत अनुगमन गरेर फर्किएपछि बैठक बोलाएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *