|
२०८३ भाद्र १२
काठमाडौं । मुक्तिनाथ विकास बैंकले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।
भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ।
बैंकले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावितको राहत र पुनःस्थापना कार्यमा सहयोग पुग्ने विश्वास जनाएको छ।
बैंकले आगामी दिनमा पनि विपद् प्रभावित तथा समुदायको हितमा आवश्यक सहयोग र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्