भारतको सीमावर्ती क्षेत्रमा सात जनाको शव फेला,बाढीले बगाएकाे शवकाे आशंका

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १२

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको असर भारतको सीमावर्ती क्षेत्रमा पनि देखिएको छ । उत्तर प्रदेशको महराजगञ्जमा गण्डक (नारायणी) नदीबाट चार र कुशीनगरमा तीन जना गरी सात जनाको शव फेला परेको बीबीसी हिन्दीले जनाएको छ ।

पाँच जना महिला र दुई पुरुषकाे शव फेला परेकाे जनाएका छन । नेपालमा आएको भीषण बाढीका दौरान नदीमा बगेका शवहरू तीव्र बहावका साथ भारततर्फ आएको आशंका गरिएको समाचारमा भनिएको छ ।

सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा निगरानीका दौरान शवहरू बग्दै गरेको देखेको बताइएको छ । उद्धार टोलीले मोटरबोटको सहायतामा ती शवहरू नदीबाट बाहिर निकालेको समाचारमा उल्लेख छ ।

‘शवहरू महराजगञ्ज र कुशीनगर जिल्ला मुख्यालय पठाइएको समाचारमा जनाएकाे छ अहिलेसम्म शवको पहिचान हुन सकेको छैन ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *