बालेनमाथि सुदन किरातीको व्यंग्यात्मक टिप्पणी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ९

इलाम : श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीमाथि व्यंग्य गर्दै जनताले देश सञ्चालनको जिम्मेवारी दिए पनि अपेक्षाअनुसार काम हुन नसकेको टिप्पणी गरेका छन्।

इलामको बिप्लेटेमा आयोजित ‘जनहातेमालो’ कार्यक्रममा बोल्दै किरातीले बालेनलाई देशको ‘चाबी’ जिम्मा दिइए पनि चालक भने गलत परेको भन्दै कटाक्ष गरे।

उनले प्रधानमन्त्रीले शासन सञ्चालन गर्दा कानुन र नियमको पालना गर्नुपर्ने बताए। नागरिकले आफ्नो मतमार्फत नेतृत्व चुनेपछि जनताप्रति जवाफदेही भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । किरातीले आगामी निर्वाचनलाई लक्षित गर्दै श्रम संस्कृति पार्टी जनताको तहसम्म पुग्ने र स्थानीयस्तरबाट संगठन विस्तार गर्ने बताए। सरकार जनताको शासक नभई सेवक बन्नुपर्नेमा जोड दिँदै उनले जनतासँग प्रत्यक्ष सहकार्य गरेर विकास र पूर्वाधार निर्माणलाई अघि बढाउने धारणा राखे।

कार्यक्रममा विभिन्न दलका कार्यकर्ताहरू श्रम संस्कृति पार्टीमा आबद्ध भएको पनि उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *