आज प्रतिनिधिसभा बैठक, पाँच संसदीय समिति पनि बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ८

काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ।

त्यसैगरी, संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, राहदानी संशोधन विधेयक, मानव बेचबिखन नियन्त्रणसम्बन्धी संशोधन विधेयक र खानी तथा खनिज पदार्थ विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस हुनेछन्।

यसै दिन अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन, कृषि तथा प्राकृतिक स्रोत, पूर्वाधार विकास, विधायन व्यवस्थापन तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्ने संसद् सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *