पार्टी फुटाउने सोच छैन : शशांक कोइराला

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ३०

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी विभाजन वा नयाँ दल गठन गर्ने पक्षमा आफू नरहेको बताएका छन्।

काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा बोल्दै उनले पार्टीलाई समयअनुकूल सुधार र परिमार्जन गर्दै अघि बढाउनुपर्ने बताए। पार्टीभित्रका असन्तुष्टि संवादबाट समाधान गर्न सकिने उनको भनाइ छ।

१५औं महाधिवेशनमा सभापति बन्ने आफ्नो चाहना रहेको बताउँदै कोइरालाले साथीहरूसँगको परामर्शपछि मात्रै अन्तिम निर्णय गर्ने बताए। उनले डा. शेखर कोइराला सभापतिमा अघि बढे पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *