२०औँ एसियन गेम्स : नेपालबाट १३६ खेलाडी जापान जाने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २१

काठमाडौं । जापानमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने २०औँ एसियन गेम्समा नेपालका १३६ खेलाडीले २२ विधामा प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ३२ प्रशिक्षकसहित कुल १६८ सदस्यीय नेपाली टोलीको टुंगो लगाएको हो।

नेपालले टोलीगततर्फ कबड्डी, महिला भलिबल र पुरुष क्रिकेटमा सहभागिता जनाउनेछ भने व्यक्तिगततर्फ १९ खेल समावेश छन्। कबड्डीमा सर्वाधिक २४ खेलाडी, पुरुष क्रिकेटमा १५ र महिला भलिबलमा १२ खेलाडी रहनेछन्।

सन् २०२३ को हाङझाउ एसियन गेम्समा नेपालले करातेमा रजत र महिला कबड्डीमा कांस्य जितेको थियो। यसपटक भने स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *