|
साउन ७, २०८३
झापा । शिवशताक्षी नगरपालिका–६ को शिवगञ्ज बजारमा करिब दुई महिनादेखि फोहर सङ्कलन नहुँदा बजार क्षेत्र दुर्गन्धित बनेको छ। सडक र सार्वजनिक स्थानमा फोहर थुप्रिएपछि स्थानीय, व्यवसायी तथा उपभोक्ताले सास्ती खेपिरहेका छन्।
स्थानीयले नियमित सरसफाइ शुल्क तिरे पनि समयमै फोहर नउठाइएको गुनासो गरेका छन्। नगरपालिकाले भने डम्पिङ साइटमा देखिएको अवरोध र ढुवानीका साधनको अभावका कारण फोहर व्यवस्थापन प्रभावित भएको जनाएको छ।
नगरप्रमुख मेगाहाङ्ग थोप्राले बिहीबारदेखि शिवगञ्ज बजारको फोहर सङ्कलन सुरु गरिने जानकारी दिएका छन्। स्थानीयले भने यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन फोहर व्यवस्थापनको व्यवस्था गर्न माग गरेका छन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्