|
२०८३ असार ३२
बुटवल । कपिलवस्तु जिल्ला अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी गर्दै अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको छ। उनीमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि भएको कुटपिट घटनामा संलग्न रहेको आरोप छ।
प्रहरीका अनुसार घटनासम्बन्धी उजुरीका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइएको हो। पीडित पक्षले सांसद शाहसहित एक समूहले घरमै पुगेर आक्रमण गरेको दाबी गरेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्