जरिवाना नतिर्ने चालकलाई यातायात सेवा बन्द

DaksuMedia दाक्सु मिडिया
|
असार २५, २०८३

ट्राफिक नियम उल्लङ्घनबापतको जरिवाना नबुझाउने दुई लाख ६१ हजारभन्दा बढी चालकको यातायातसम्बन्धी सेवा रोक्का गरिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जरिवाना नतिरेसम्म नयाँ सवारी खरिद, नामसारी, लाइसेन्स नवीकरणलगायत सेवा लिन पाइने छैन।

प्रहरीले जरिवाना बुझाएपछि मात्र रोकिएका सेवा पुनः सञ्चालन हुने जनाएको छ। ट्राफिक अनुशासन कायम गर्न र राज्यकोषमा जरिवाना रकम दाखिला गराउन यो व्यवस्था लागू गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *