संविधान संशोधन कार्यदलबाट एमाले पनि अलगियो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २५

काठमाडौँ : सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलबाट नेकपा (एमाले) बाहिरिएको छ।

एमाले महासचिव शंकर पोखरेलले कार्यदल संयोजक अशिम शाहलाई पत्र पठाउँदै पार्टी प्रतिनिधि भीष्म अधिकारीलाई फिर्ता बोलाइएको जानकारी दिएका हुन्। संविधान संशोधनबारे सरकारको स्पष्ट धारणा नआएको भन्दै कार्यदलमा रहिरहनुको औचित्य नभएको एमालेको भनाइ छ।

यसअघि अन्य केही राजनीतिक दलका प्रतिनिधि पनि कार्यदलबाट बाहिरिसकेका छन्। सरकार भने कार्यदलको प्रतिवेदन तयारी प्रक्रिया जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *