रास्वपामा संसदीय अभिव्यक्तिमा नयाँ व्यवस्था

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २३

काठमाडौं, असार २३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा बोल्ने आफ्ना सांसदहरूका लागि नयाँ कार्यविधि लागू गरेको छ। अब सांसदहरूले संसद्मा धारणा राख्नुअघि विषयवस्तुसहितको ‘स्पिच नोट’ एक दिन अगावै संसदीय दलका सचेतकलाई उपलब्ध गराउनुपर्ने भएको छ।

संसदीय दलका सचेतकद्वयले सांसदहरूलाई आन्तरिक सन्देशमार्फत उक्त जानकारी गराएका हुन्। पार्टीले यसलाई संसदीय गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउने कदम भनेको छ।

यद्यपि, यो व्यवस्थाले सांसदहरूको स्वतन्त्र अभिव्यक्तिमाथि असर पर्न सक्ने भन्दै राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। पछिल्लो समय पार्टीभित्रैबाट सरकार र नेतृत्वको कार्यशैलीबारे उठेका प्रश्नपछि रास्वपाले यस्तो व्यवस्था अघि बढाएको आकलन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *