कारागार सुरक्षाका क्रममा बन्दुक पड्किँदा प्रहरी जवान घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १९

सप्तरी, असार १९ — सप्तरी कारागारको सुरक्षामा खटिएका एक प्रहरी जवान सहकर्मीले बोकेको बन्दुक अचानक पड्किँदा घाइते भएका छन्।

प्रहरीका अनुसार प्रहरी जवान अजयकुमार मेहताले बोकेको हतियार अचानक पड्किँदा बिसोजित राय यादवको ढाडमा गोली लागेको हो। घटनापछि मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइते यादवलाई प्रारम्भिक उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज लगिएको थियो। स्वास्थ्य अवस्था थप उपचार आवश्यक देखिएपछि उनलाई धरानस्थित घोपा क्याम्पमा रेफर गरिएको प्रहरीले जनाएको छ।

घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *