आज धेरै ठाउँमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १६

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न क्षेत्रमा चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।

महाशाखाका अनुसार मनसुनी गतिविधि सक्रिय रहेकाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका पहाडी र तराईका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकोले वर्षा थप सक्रिय हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *