|
२०८३ असार १५
पोखरा, असार १५ — कास्कीको पोखरा–३० शिशुवा देउरालीमा आयोजित २१औँ असारे रोपाइँ महोत्सवमा स्वदेशीसँगै विभिन्न देशका विदेशी पर्यटकको उल्लेखनीय सहभागिता देखिएको छ।
महोत्सवमा सहभागी पर्यटकले स्थानीय कृषकसँगै धान रोपे, हिलो खेले, असारे गीतमा नाचे र नेपाली ग्रामीण जीवनशैलीको अनुभव लिए। आयोजकका अनुसार यस कार्यक्रमले कृषि संस्कृति संरक्षणसँगै पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको छ।
यस वर्ष असार १५ मा पूर्णिमा परेकाले परम्पराअनुसार महोत्सव एक दिनअघि आयोजना गरिएको हो। कार्यक्रममा पोखरा महानगरले कृषि आधुनिकीकरण, स्थानीय धानको ब्रान्डिङ तथा कृषकलाई आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्