|
२०८३ असार १२
काठमाडौँ : बैंकिङ प्रणालीमा बढेको तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत बजारबाट उठाउने भएको छ। यो रकम ७५ दिनका लागि अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत संकलन गरिनेछ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमा सहभागी हुन आग्रह गरेको छ। संकलित रकमको साँवा र ब्याज आगामी भदौ २४ गते भुक्तानी गरिने जनाइएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्