रास्वपामा स्वर्णिम वाग्ले उपसभापति निर्विरोध चयन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १२

काठमाडौं, असार १२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन्।

उक्त पदका लागि वाग्लेको मात्र उम्मेदवारी दर्ता भएपछि निर्वाचनको आवश्यकता नपरी उनी स्वतः निर्वाचित भएका हुन्। उनको उम्मेदवारीलाई पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठले प्रस्ताव गरेका थिए।

पार्टी विधानअनुसार नेतृत्व चयनका लागि एक सभापति, दुई उपसभापति (एक महिला अनिवार्य), एक महामन्त्री तथा तीन सहमहामन्त्री चयन गर्ने व्यवस्था रहेको छ। अन्य पदका लागि भने निर्वाचन प्रक्रिया जारी रहेको जनाइएको छ।

यसअघि सभापति पदमा रवि लामिछाने पनि एकल उम्मेदवार बनेपछि निर्विरोध निर्वाचित भइसकेका छन्। उपसभापतिमा वाग्लेको निर्विरोध चयनसँगै रास्वपाको नयाँ नेतृत्व टोलीले पूर्णता पाउने प्रक्रिया थप अघि बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *